खुुकुलोसहितको निषेधाज्ञा आजदेखि लागू, आजदेखि के-के खुला हुन्छन् ?
काठमाडौं । काठमाडौं उपतयकामा केही खुकुलो सहितको लकडाउन आजदेखि लागु भएको छ । काठमाडौं उपत्यकामा १० दिन थप गरिएको निषेधाज्ञामा केही खुकुलो बनाएको हो । जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएको थियो । आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो ।
काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म किराना लगायत केही पसल खुला गर्न पाइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । आजदेखि काठमाडौं उपत्यकामा तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ ।
काठमाडौंमा बैंक तथा वित्तीय संस्थाको हकमा प्रधान कार्यालय र ३ वटा शाखा वाणिज्य बैंकले, विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा, वित्त कम्पनीले प्रधान कार्यालय र एक वटा शाखा खेलेर सेवा दिन पाउने छन् ।













