संसद विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि यस्तो बन्यो संवैधानिक इजलास
काठमाडौं । सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइका लागि संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोएिका छन् ।
पुनर्गठित संविैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।
यसअघि गठित इजलासका दुई न्यायाधीशमाथि विपक्षी गठबन्धका वकिलले प्रश्न उठाएपछि विवाद भएको थियो । इजलासमा रहेका दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलास छाडेर हिडेपछि प्रधान न्यायाधीशले इजलास पुनर्गठन गरेका हुन् ।













