२ कार्तिक २०८३, सोमबार

प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलद्वारा अवरुद्ध



काठमाडौं । प्रदेश २ को प्रदेशसभा बजेट अधिवेशनको दोस्रो बैठक अवरुद्ध भएको छ । आज विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन ।विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरोद्ध गरेका हुन ।

सभामुख सरोज यादवले प्रदेशसभा बैठक शुरू गरेलगत्तै तीनै दलका सांसदहरूले उभिएर विरोध जनाए । एमालेका सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले चलाखीपूर्ण तरिकाले सशर्त अनुदानको रकम पालिकामा पठाएर सांसदहरूको अपमान गरेको बताए । उनले यो निर्णय नसच्याएसम्म बैठक अवरुद्ध रहने बताएका छन ।

विपक्षी दलले उक्त निर्णय नसच्याएसम्म बैठक चल्न नदिनेभनेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् । पछिल्लो पटक प्रदेश २ मा कांग्रेस र माओवादीपनि सरकारमा जाने तयारी गरेका छन ।