वाई वाइ ग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वाई वाइ ग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला



काठमाडौं । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो ।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ ।ग्लोकल टीन हीरो नेपाल, २०२१ सातौं संस्करणकालागि आवेदन खुलेको घोषणा गरिएको छ । गत बर्षझै यस बर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ६ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया र श्रीलन्का बाट एकएक जना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ९१ जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबिच प्रचार गने लक्ष्य हामीले लिएको छ ग्लोकलले ।

सेप्टेम्बर १ मा ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईननै सन्चालन हुनेछ ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://gitc.glocalteenhero.comमार्फत निशुल्क आबेदन भर्न सक्ने छन ।


पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२१ को बिजेता घोषणा गरिने छ ।


प्रतिक्रिया दिनुहोस्