गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्रको दाबी
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दाबी प्रस्तुत गरेका छन् । उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र प्रदेश सभा सदस्यको समेत सहमति लिएर दाबी प्रस्तुत गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले आफूलाई नेपाली कांग्रेसको १५, नेकपा (माओवादी केन्द्र)को ११, राष्ट्रिय जनमोर्चाको २, जसपाको २ र स्वतन्त्र १ गरी ३१ जना प्रदेश सभा सांसदको समर्थन रहेको बताएका छन् ।
६० सदस्यीय गण्डकीको प्रदेश सभामा आजैमात्र राष्ट्रिय जनमोर्चाले आफ्ना एक जना सांसदलाई पदमुक्त गरेपछि अब ३० जना सांसदको समर्थनमा सरकार बनाउन पर्याप्त हुने अवस्था सिर्जना भएको छ ।













