नेपाल विज्ञापन संघद्वारा एड–डे को अवसरमा साताभरि बिबिध कार्यक्रम आयोजना गरिने
काठमाडौं । नेपाली बिज्ञापन व्यवसायीहरुको पहलमा स्थापित विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)को स्थापना दिवशको अवसरका साताभरि “एड˗डे ”को रुपमा बिबिध कार्यक्रम गरि मनाउने भएको छ । संघको सथापना जेष्ठ ३० गते भएको अवसर पारि “एड˗डे ”को रुपमा बिबिध कार्यक्रम गरि साता भरि नेपाली विज्ञापन सप्ताह असार ७ गतेसम्म मनाउने भएको छ ।
जसमा एड–डे को लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा प्रेस रिलिज पठाउने, सोसल साइट र अन्य मिडियाहरुमा लोगो सार्बजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा बिशिष्ठ व्यतिmत्व, सञ्चार उद्यमी, विज्ञापन उद्यमीहरुको नेपाली विज्ञापन उद्योग सम्बन्धि र बिज्ञापनले गरेको प्रभाव सम्बन्धि भिडियो क्लिप बाइट तथा शुभकामना नेपाली स्याटलाइट टेलिभिजनहरुमा बजाउने, विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार˗उद्यमीलाई वेभिनार मार्फत् श्रोता समक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान, उपलव्धी र अवसर आदि बिषयमा अन्तरक्रिया गर्ने र बिभिन्न मिडियाहरुमा गराउने, नेपाल बिज्ञापन संघ (आन) ,एड–डे बिज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदिप थापाले बताउनु भएको छ ।
विज्ञापनदाता, मिडियाकर्मी, विज्ञापनकर्मी, कलाकर्मी, विज्ञापन सर्जक, पत्रकार, आम नागरिक, सुभेच्छुक महानुभाव सबैमा हार्दिक शुभकामना दिदै आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर सहयोग, सदभाव र योगदानको नेपाल बिज्ञापन संघ (आन)ले अनुरोध गरेको छ । यस अवसरमा आनले सामाजिक दुरी कायम गर्दै, उच्च सावधानीका साथ, भिडभाड नगरी, सचिवालय शान्तीनगर, काठमाण्डौंमा जेष्ठ ३० गते बिहान ११ बजे रक्तदानको आयोजना गरिने भएको छ । “एड डे” को मुख्य प्रायोजन बिजमान्डु र सह˗प्रायोजन अम्बे स्टिलले गरेको छ र मूलधारका नेपाली राष्ट्रिय दैनिकहरु र नेपाली स्याटलाइट टेलिभिजनहरु, अनलाईन पोर्टलहरु र रेडियोहरुको समेत साझेदारी रहेको छ ।















