२ कार्तिक २०८३, सोमबार

उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपियो, अब के–के खुल्छन् ?



काठमाडौं । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् । भाइरस संक्रमण उल्लेखनिय नघटेको निष्कर्ष निकाल्दै बैठकले कृषि र निर्माण क्षेत्रमा केही खुकुलो हुने गरि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहेनछ ।

अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । होटल-रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल-रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् । इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।