आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न आइएमई लाइफको साधारण सभा आज हुँदै
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज जेठ ३१ गते हुँदैछ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो साधारण सभा आज रजिष्टर्ड कार्यालय, लैनचौर, काठमाडौंमा बिहान १० बजे गर्ने निर्णय गरेको थियो ।
सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने, कम्पनीको संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख राख्ने निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
सभामा संचालक समितिले वार्षिक प्रतिवेदन २०७६–०७७ पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६–०७७ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने, आर्थिक वर्ष २०७७–०७८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ ।













