रिलायन्सले बीमालेखको विलम्ब शुल्क शतप्रतिशत छुट दिने
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको असहज परिस्थितिले बीमालेख शुल्क बुझाउन नसकेका बीमितलाई नवीकरण शुल्कमा छुट दिने भएको छ ।
बीमा लेख नवीकरण गर्न नसकेका ग्राहकका लागि असार ३१ गतेभित्र नवीकरण गरेमा विलम्ब शुल्क शतप्रतिशत छुट दिने कम्पनीले जनाएको छ । कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरेकाे कम्पनीले जनाएकाे छ ।












