२ कार्तिक २०८३, सोमबार

कर्णाली प्रदेशले ल्यायो ३६ अर्बको बजेट



काठमाडौं । कर्णली प्रदेश सरकारले ३६ अर्वको बजेठ सार्वजनिक गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट ल्याएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आज मंगलबार चालु आवको भन्दा १ अर्ब ८० करोड ६६ लाख ३६ हजार बढी बजेट ल्याएको छ । पूँजिगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार बजेट विनियोजन गरेको छ ।