सिन्धुपाल्चोककाेे हेलम्बुमा भिषण बाढी पहिराे, ५० जना बेपत्ता भएकाे स्वास्थ्यमन्त्रीकाेे दावी, मेलम्ची खानेपानी ड्याम समाप्त (भिडियोसहित)
काठमाडौं । सिन्धुपाल्चोकको भारि बर्षका कारण ५० जना बेत्ता भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङ्गले जानकारी दिएका छन् । उनका अनुसार मेलम्ची खानेपानी ड्याम पनि समाप्त भएको छ ।

“मेलम्ची र ईन्द्रावती नदीमा गएराती आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ ।
यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बाैकाे क्षति पूर्याएको छ ।
यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुट्न सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अपिल गरृका छन्् । मन्त्री तामाङले भने सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तराष्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु । मलाई सम्पर्क गर्न 9851040821 मा गर्नुहोला । मेरो स्वकिय निर्मल बन्जारा 9851175310 याे नंबरमा सम्पर्क गर्न अनुराेध गर्दछु मन्त्री तामाङले फेसबुकमा लेखेका छन ।
स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला । आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको बहकाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।”
https://www.facebook.com/sherbahadur.tamang.94















