२६ श्रावण २०८३, मंगलबार

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधज्ञा खुकुलो बनाउने तयारी, सार्वजनिक यातायात चल्न दिने!



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधज्ञा एक साता थप्ने तयारी गरिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम गर्न जारी निषेधाज्ञा केही खुकुलो पारेर एक साता थप्ने तयारी गरिएको हो ।

उपत्यकाका ३ जिल्ला काठमाण्डौ, लतिलपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) आइतबार निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने बारे निर्णय गर्नेछ । तीनै जील्लाका सीडीओहरुको बैठक आज अपराह्न ४ बस्दैछ ।

आइतबार बस्ने बैठकले निषेधाज्ञा लम्ब्याउने विषयमा निर्णय गर्नेछ । भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले उपत्यकामा निषेधाज्ञा एक साता थप गर्ने भन्ने कुरा भएको बताए । तर निषेधाज्ञा थप गरेर केही खुकुलो पार्ने तयारी भैरहेको उनले बताए ।

सीडीओ भट्टराईका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात पनि चल्ने दिने विषयमा कुरा उठेको छ । सिट क्षमता अनुसार भिड कम गरेर सार्वजनिक यातायात चल्न दिने कि भन्ने विषयमा छलफल हुने उनको भनई छ । आज बस्ने छलफलमा उक्त निर्णय पेश गरिने छ ।

यसअघिको निषेधाज्ञा अवधि असार १४ गते राति १२ बजेबाट सकिँदैछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।