२ कार्तिक २०८३, सोमबार

युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयनमा रोक लगाउने आदेश गरेको हो ।

मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले यसअघि राजदूतमा सिफारिस हुने व्यक्तिको योग्यता सम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो । सोही आदेशको अधारमा सर्वोच्चले यस्तो आदेश गरेको हो । अधिवक्ता दिपकविक्रम मिश्रको निवेदनमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।