असार १६ गतेदेखि ३ दिन राष्ट्रिय बीमा संस्थानको सम्पूर्ण कारोबार बन्द हुने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

असार १६ गतेदेखि ३ दिन राष्ट्रिय बीमा संस्थानको सम्पूर्ण कारोबार बन्द हुने



काठमाडौं । राष्ट्रिय बीमा संस्थानको कार्यालय ३ दिन बन्द हुने भएको छ । राष्ट्रिय बीमा संस्थानले सूचना प्रकाशन गरी ३ दिन कार्यालयबाट हुने कारोबार बन्द हुने जनाएको हो ।

कम्पनीका अनुसार संस्थानमा नयाँ सफ्टवेयर लागु गर्न लागेको र त्यसको लागि डाटा माइग्रेसन कार्य हुने भएकोले कारोबार बन्द हुने भएको हो ।

कम्पनीले असार १६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्म यस संस्थानको नयाँ सफ्टवेयर लागू गरिने भएकाले डाटा माइग्रेशनको कार्य हुने भएकाले सम्पूर्ण कारोबार बन्द हुने कमपनीले जनाएको छ । कम्पनीले यस बारेमा थप जानकारी आवश्यक परेमा प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्