भोलिदेखि कुन बेला कुन पसल खुला हुन्छन् ? सम्पूर्ण सूचीसहित
काठमाडौं । काठमाडौं उपत्यकमा निषेधाज्ञा थप खुकुलो भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञ थप खुकुलो गर्ने निर्णय गरेको हो । सोमबार बसेको सीडीओहरुको बैठकले निषेधज्ञा खुकुलो पार्दै असार २१ गतेसम्म लम्ब्याईएको छ ।
निजी सवारी साधनमा जोर विजोर प्रणाली यथावथ रहनेछन् । भोलिदेखि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । २५ सिट क्षमताभन्दा ठूला यात्रुवाहक सवारी साधन विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म चल्न पाउने छन् । पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिने निर्णय भएको छ । रेस्टुरेन्टहरुले होम डेलीभरी र टेक अवे संचालन गर्न सक्ने छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निषेधाज्ञाको आदेशमा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेशनरी पसल ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउनेछन् । त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल भने विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि खुला गर्न पाउनेछन् ।
मंगलबारदेखि थपिएको निषेधाज्ञामा सभा सम्मलेन, गोष्टि, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरि, नाचघर, क्लब, स्विमिङ पुल, मनोरन्जन स्थल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्राहलय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न पाउने छैनन् ।
खुला स्थानमा मानिसहरु बेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस यात्रा, महोत्सव, भोज, भतेर आदी गर्न गराउन नपाइने, विवाह, ब्रतबन्ध, तथा सामुहिक रुपमा गरिने सास्कृतिक कार्यहरु होटेल तथा पार्टी प्यालसमा गर्न नपाइने, पुजारीबाट हुने नित्य पुजा बाहेकका अन्य धार्मिक तथा सास्कृतिक गतिविधिहरु संचालन गर्न पनि नपाइने, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु संचालन गर्न नपाइने जिल्ला प्रशासनको जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।













