पप्पुले १० वर्ष लगाएर बनाएको पुल सञ्चालन नहुँदै भासियो
काठमाडौं । हुलाकी राजमार्गको सिरहा- धनुषाको सिमानामा १० वर्षमा बल्ल तयार भएको पक्की पुल भास्सिएको छ । दिनपछि उद्घाटन गरेर यातायात सञ्चालन गर्ने योजना रहेको कमला नदीको पुल भास्सिएको हो ।
२०६८ सालमा निर्माण सुरू भएको यो पुल पप्पु कन्सट्रक्सन र लुम्बिनी बिल्डर्सले बनाएका हुन् । अझै पनि निर्माणधीन रहेको यस पुलको लागत २५ करोड रूपैयाँ छ । उक्त पुल कमजोर गुणस्तरमा निर्माण भएको हुनसक्ने भनिए पनि के कारणले भासियो भन्ने स्पष्ट भएको छैन ।














