१७ कार्तिक २०८३, मंगलबार

एलआरआर मोटर्सले सुरू गर्‍यो नाडा अटो शोमा बुकिङ भएका स्काईवेलको डेलिभरी



एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी

एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ ईभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले ‘नाडा अटो शो’मा प्राप्त भएका बुकिङ अनुसार डेलिभरी दिन सुरु गरिएको जनाएको छ ।

एलआरआर मोटर्सले नाडा अटो शो २०२६ मा स्काईवेलका बीई११ मोडल लन्च गरेको थियो । त्यस क्रममा करिब ४ सय गाडी बुकिङ भएका थिए । अटो शो र त्यसपछि पनि बुकिङ गर्ने ग्राहकहरुलाई क्रमशः गाडी दिन थालिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार प्राप्त बुकिङ अनुसार उत्पादक कम्पनीमार्फत क्रमशः गाडी आइरहेका छन् । बुकिङ अनुसार चरणवद्ध रुपमा गाडी डेलिभरी दिन कम्पनीले योजना नै बनाइएको जनाएको छ ।

कम्पनीले नेपालमा बीई ११ का दुइ भेरियन्ट लन्च गरेको थियो । जस अनुसार ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ ।