२६ श्रावण २०८३, मंगलबार

बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने र बैंकासुरेन्स खुलाउनु पर्ने एनबीएको सुझाव (पूर्णपाठसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागी सुझाव माग गरेको छ । विभिन्न संस्थाहरुले आफ्ना क्षेत्रका मुद्धाहरुलाई मौद्रिक नीतिमा सम्बोधन गर्न भन्दै ज्ञापनपत्र बुझाउँदै आएका छन् । राष्ट्र बैंकले अब आउने मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गर्ने गरि तयारी थालेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा आफ्ना मागहरु समावेश गर्नुपर्ने भन्दै नेपाल बैंकर्स संघले सुझावहरु पेश गरेको छ ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकहरुलाई सेयर ब्रोकरको काम गर्ने अनुमति दिनुपर्ने सुझाव दिएको छ । बैंकर्स संघले ब्रोकरको लाइसेन्सको लागी पहल गर्न माग गरेको छ । त्यस्तै, सर्वसाधारणमा बीमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी विक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागू गर्न माग गरेको छ ।