नेपाल एग्रो र इन्फिनिटी लघुवित्तको साधारण सभा आज हुँदै, प्राप्ति गर्ने प्रस्तावलाई अन्तिम स्वीकृति दिने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज हुँदै छ । आज हुने दुवै संस्थाको सभाले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीयलाई प्राप्ति गर्ने बिशेष प्रस्ताव पारित गर्नेछ ।
इन्फिनिटी लघुवित्तको साधारण सभा कम्पनिको केन्द्रीय कार्यालय नवलपुरको गैंडाकोटमा हुँदैछ । साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गरिसकेको छ । उक्त साधारण सभाले एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न स्वीकृति दिने विशेष प्रस्तावलाई पारित गर्ने छ । कम्पनिको संचालक समितिको बैठकले नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयरलाई इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर दिने गरी स्वाप रेसियो कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सिटिस्क्वेयर, न्यूरोड, पोखरा, कास्कीमा ९ बजेदेखि सुरू हुनेछ । सभाले इन्फिनिटी लघुवित्तसँग प्राप्तिमा जाने बिशेष प्रस्ताव पारित गर्ने छ ।
सभामा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति ९एक्विजिशन० गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ताबाट प्राप्त भएको प्राप्ती हुने संस्थाको चल अचल सम्पत्ति र दायित्व मुल्यांकन प्रतिवेदन समेतको आधारमा मर्जर समितिबाट निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात १ः०.९८ पारित गरी मर्जरलाई स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, सभाले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँको १४ प्रतिशत अर्थात ८० लाख १४ हजार २२६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थालाई नेपाल एग्रो लघुवित्त वित्तीय संस्था प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले जेठ ११ गते प्राप्ति सम्बन्धि सैद्धान्तिक सहमति दिइसकेको छ ।















