२ कार्तिक २०८३, सोमबार

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, फैसला असार २८ गते



कठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । सोमबार बहस सकिएके र फैसला असार २८ गते सार्वजनिक हुने भएको छ ।

सोमबार बहसर सकिएपछि संवैधानिक इजलास असार २८ गते बस्ने भएको छ । प्रतिनिनिधसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको हो ।

सोमबारसम्म रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका हुन् ।