७ श्रावण २०८३, बिहिबार

५ वर्षअघिको लाभांश लिन बोटलर्स नेपालको आग्रह, १ महिनाभित्र नलिएमा कोषमा जम्मा हुने



काठमाडौं । बोटलर्स नेपाल तराईले ५ वर्षअघिको लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश भुक्तानी लिन आउन सेयरधनीलाई १ महिनाको समायावधि दिएको हो ।

कम्पनीले २०७२ पुस २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित लाभांश लिन आउन सेयरधनीहरुलाई १ महिनाको समाय दिएको छ । उक्त लाभांश सम्बन्धित सेयरधनीहरुले वा निजको हकवालाले ५ वर्ष पुगिसक्दा पनि हालसम्म लिन र दाबी गर्न नआएको कम्पनीले मंगलबार सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

कम्पनीको लाभांश लिनका लागी सूचना प्रकाशित भएको १ महिना कम्पनीको सेयर रजिस्ट्रारको कार्यालय नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आफूले प्राप्त गरेको सेयर प्रमाणपत्रका साथ आफ्नो परिचयपत्र लिई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । यदि १ महिनाभित्र पनि उक्त वर्षको लाभांश लिन सेयरधनी नआएमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्