७ श्रावण २०८३, बिहिबार

नेपाल एग्रो लघुवित्तको सभाले १४.७३ प्रतिशत लाभांश पारित गर्यो



काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पन्न ५ औं वार्षिक साधारण सभाले १४ प्रतिश बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँको १४ प्रतिशत अर्थात ८० लाख १४ हजार २२६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७३ प्रतिशत अर्थात् ४ लाख २१ हजार ८१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा हिजो सोमबार सिटिस्क्वेयर, न्यूरोड, पोखरा, कास्कीमा सम्पन्न भएको हो ।

त्यस्तै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । त्यस्तै, संस्थाले आगामी ४ वर्षका लागि संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठलाई साधारणसभाले निर्विरोध निर्वाचित भएका छन् ।

हालसम्म उक्त वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान गर्नुभएका सञ्चालकहरु रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठको कार्यको उच्च मूल्याङ्कन गर्दै संस्थाले कदरपत्र सहित सम्मानित गरेको छ । वि.स. २०७३ बाट कारोबार शुरु गरेको संस्थाको १० वटा जिल्लामा २६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका २१ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्