११ श्रावण २०८३, सोमबार

१४ लाख नगद सहित २९ जना जुवाडे पक्राउ



काठमाडौं । १४ लाख नगद रुपैयाँ सहित २९ जना जुवाडे पक्राउ परेका छन । काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवाखालबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिला सहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।

जुवा खालबाट ३३ थान कौडा र तास बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

पक्राउ परेका २९ जना महानगरीय प्रहरी वृत बौद्धमा राखिएकको सिंहले जानकारी दिएका छन ।