नेप्सेमा १ लाख ३३ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बुधबार महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत अर्थात् १ लाख ३३ हजार १ सय कित्ता बोनस सेयर सूचीकृ भएको हो ।
महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको गत चैत्र १८ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणा गर्ने प्रस्ताव पारित गरेको थियो ।
महिला सहयात्रा लघुवित्तले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट शेयरधनीलाई १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेको हो ।














