७ श्रावण २०८३, बिहिबार

बुधबार नेप्सेमा २१ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ प्रतिशत बोनस सेयर बापतको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्