७ श्रावण २०८३, बिहिबार

नेप्सेमा विभिन्न ८ कम्पनीको ५७ लाख ४२ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यस साता ६ वटा लघुवित्त, एक बीमा कम्पनी र एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । एभरेष्ट इन्स्योरेन्स, सिभिल लघुवित्त, महिला सहयात्रा लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, मिर्मिरे लघुवित्त, निर्धन उत्थान लघुवित्त, स्वोरोजगार लघुवित्त र सांग्रिला विकास बैंकको गरी कूल ५७ लाख ४२ हजार २०२.९४ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा यस साता एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७४४ कित्ता सेयर र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको १३ लाख ३ हजार ३२०.२० कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, सिभिल लघुवित्तको ३.५ प्रतिशत बोनस बापतको ८१ हजार ८७६.७९५ कित्ता, महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस बापतको १ लाख ३३ हजार १ सय कित्ता, नेशनल माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत बोनस बापतको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता, निर्धन उत्थान लघुवित्तको १३ प्रतिशत बोनस बापतको १९ लाख ५० हजार कित्ता, स्वोरोजगार लघुवित्तको १२.३९ प्रतिशत बोनस बापतको ४ लाख ५३ हजार ४२१.७७ कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्दा बखतको कल इन एडभान्स बापतको २४ हजार ७९६.८० कित्ता संस्थापक सेयर र ९.१९९८ प्रतिशत बोनस सेयर बापतको ३ लाख ६४ हजार ४४८.३५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्