७ श्रावण २०८३, बिहिबार

आईपीओमा आवेदन भर्दा र मेरो सेयरमा देखिने समस्या समाधान भएकै हो ?



प्राथमिक बजारमा कुनै कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गरेपछि लगानीकर्ता सबैभन्दा धेरै मर्कामा पर्ने गर्दथे । प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन लगानीकर्तालाई साह्रै झण्झट थियो । सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले बैंकमा गएर लाइन बस्नु पर्ने बाध्यताको विकल्पमा मेरोसेयर एपको विकास गर्यो । तर मेरोसेयरमा समस्या आउन थाल्यो । तर आईपीओ खुलेको बेलामा मेरोसेयरमा समस्या देखिन थाल्यो । आईपीओमा आवेदन दिन रातभरि नै जाग्राम बस्नुपरेको र यदि चलेन भने आईपीओमा आवेदन दिन नपाएको गुनासो लगानीकर्ता गर्दै आएका थिए । लगानीकर्ताको गुनासोले सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडलाई टाउको दुखाइको विषय बनेको थियो ।

सिडिएससीले पनि कहिले सर्भर त कहिले सिस्टममा समस्या आयो भनेर टार्ने गरेको थियो । तर अचेल यस्ता गुनासाहरू आउदैनन् । लगानीकर्ताले ब्यापक गुनासो गर्न थालेपछि सिडिएससीले त्यसको समाधान गरेको छ । योबीचमा जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशनमा आयो । यी दुवै कम्पनीको आईपीओमा २०—२१ लाख जनाले आवेदन दिए । तर आईपीओमा आवेदन भर्दा कुनै समस्या नआएपछि गुनासो पनि नआएको सिडिएससीले बताएको छ । अन्य बारका दिन सर्भरमा लोड पर्ने भन्दै आईपीओ निष्काशन शुक्रबारदेखि गरिन्थ्यो । तर त्यो समस्या पनि समाधान भएकाले जुनसुकै बार पनि आईपीओ निष्काशन तथा बिक्री गरिने जनाएको छ । यसैसम्बन्धी अर्थपथले सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुर्ण प्रसाद आचार्यलाई आईपीओ भर्दा र मेरोसेयरमा देखिने समस्या समाधान भएकै हो ? भनेर प्रश्न गरेको छ ।


मेरोसेयरमा पटकपटक आउने समस्या समाधान भएको हो । नयाँ सिस्टम अपग्रेड गरेपछि शुक्रबारदेखि निष्काशन गरिने सार्वजनिक सेयर बिहीबारदेखि गरेका छौ । अलटमेन्टमा कतिको चाप पर्छ भनेर बुधबारदेखि गरेका छौँ । अहिलेसम्म सफलतापूर्वक काम भएर कुनै समस्या आएको छैन् । यसको मतलब अब हामी ढुक्क छौँ की राम्रो बनाएको भन्नेमा । अन्य खालको टेक्निकल समस्याहरू त निरन्तर चल्ने सफ्टवेयरमा पनि आउन सक्छ । सामान्य समस्या त कहिलेकाँही आइहाल्छन् तर अहिलेको लागी एकदमै ठिक छ । 

अहिलेसम्म केके सुधार गर्नुभयो ? 

हामीले धेरै सर्भर थपेका छौ । सफ्टवेयर भेन्डर सिस्टमको आन्तरिक क्यापासिटी बढाएका छौँ । हामीले यो समयमा सर्भरको पार्टमा धेरै सर्भर थपेका छौँ । यो अवधिमा २—३ पटक सर्भर थप गर्यौ । गतल भदौ महिनादेखि असोजसम्म ३-४ लाख जनाले आवेदन भर्दा नै समस्या आएको थियो । त्यसपछि कार्तिकमा एउटा सर्भर थप गर्यौ । त्यसले अलिक दिनलाई धानेको थियो । त्यसपछि आईपीओमा आवेदन दिनेको संख्या र बजारमा ट्रेडिङको भोलुम बढ्दै गयो । माघ महिनातिर सिंहदरबारमा सूचना प्रविधि विभागमा अनुरोध गरेर अर्थमन्त्रालयको सहयोगमा अर्को सर्भर जोड्यौ । त्यसले पनि अलिक दिन काम गर्यो । अहिले चाँहि हामीले उच्च क्षमता (हाइ क्यापासिटी) को सर्भर जोडेका छौँ । अहिले जडान गरिएको सर्भरको क्षमताभन्दा लगभग आदि मात्रै रन गरिरहेको छ । त्यसैले २५-३० लाख आवेदन पुगेपनि अहिलेको सर्भरले धान्छ भन्नेमा विश्वस्त छौँ । 

नयाँ सर्भर थप्नका लागी कति खर्च भयो ? 

कति खर्च भयो ठ्याक्कै टेन्टेटिभ थाहा हुँदैन । यो अनेक पार्टमा हुन्छ । मेरोसेयरदेखि लिएर ब्रोकरको साइटमा पनि  परिवर्तन गर्न लगाएका छौँ । पछिल्लो पटक हामीले टेण्डर आह्वान गरेर नै २५-२६ लाख रुपैयाँको सर्भर थपेका छौँ । 

तपाईको सबैभन्दा महत्वपूर्ण काम यहि नै थियो ? 

हो, हाम्रो सबैभन्दा महत्वपूर्ण काम यहि थियो । सबैभन्दा धेरै गुनासो मेरोसेयरमा आउने गरेको थियो । बीचमा हामीले सकेनौ भनेर हात झिक्न पनि भएन । १७—१८ लाख एप्लिकेशन पथ्र्याे । समस्या थुप्रै थिए । योबीचमा हामीले धेरै काम गरेका छौँ । शुरुमा केवाईसीको निर्देशिका जारी गरेर धितोपत्र बोर्डमा पठायौं । त्यो पास गरेर आयो । केवाईसीको सम्पूर्ण काम अन्तिम चरणमा छ । अनि हामीले सिस्टम र सर्भरमा सुधार गर्यौ । अनि टि प्लस ३ बाट २ मा झार्ने काम सफलतापूर्वक गर्यौ । मोबाइल एप्लिकेशन म आएर नै विकास र संचालनमा ल्याएको हो । त्यो पनि राम्रैसँग चलेको छ ।

बजारमा फरक किसिमका डिम्याट खाताहरुलाई ब्लक गरेर नयाँ रिजल्टको पोर्टल डेभलप गरेका छौँ । त्यसमा पनि कुनै किसिमको समस्या आएको छैन् । हेर्नेवित्तीकै क्लिक हुन्छ त्यहाँ । त्यस्तै, यो ट्याक्सको लागी अलिकति हामीले चेञ्ज गर्नुपर्ने छ । ५ र साढे ७ प्रतिशत कर (सेयर बजारमा अल्पकालीन र दीर्घकालीन लगानी) ले गर्दा हाम्रो सिस्टममा ठूलो परिर्तन गर्नुपर्ने देखिएको छ । उस्तैपर्दा यो ६ महिना लाग्ने काम हो । एउटै कम्पनीको सेयर आज किन्नु भयो भने ३६५ दिनको, भोलि किन्नुभयो भने ३६४ दिन, पर्सि किन्नुभयो भने ३६३ दिनको हुन्छ । कोही सेयरहोल्डरसँग सबै कम्पनीको सेयर हुनसक्छ । कोही ३६५ दिन नै खरिदबिक्री भैरहेको हुनसक्छ । त्यसलाई २ वटा स्ल्याबमा छुट्याएर ५ र ७.५ प्रतिशत कर लगाउने भनेको हाम्रो सिस्टममा ठूलो परिवर्तन गर्नुपर्ने हुन्छ । यो साउन १ गतेदेखि लागू हुन्छ । यसको काम जारी छ । अहिले परिक्षण गरिरहेका छौ । 

जीवन विकास लघुवित्तको आईपीओको रिजल्ट हेर्न अलि कठिनाई भएको गुनासो आयो, यो समस्या के हो ?

बिक्री प्रबन्धको वेबसाइटमा क्षमता नै छैन् । त्यहाँ हेर्दा समस्या आउँछ । आईपीओ रिजल्ट डट सिडिएस डटकम डट एनपी मा विल्कुलै समस्या आउँदैन । तर के भयो भने अलटमेन्ट गर्नेबारे हामीलाई खवर नै गरेन् । खबर नगरेपछि १२-१ बजेतिर वेबसाइटमा भिजिटर धेरैभएपछि लोड बढेको बढ्यै गर्यो, उसको फायल हाम्रोमा आएको थिएन । अपलोड नै गर्न पाएको थिएन, डाटा जान नपाउँदै वेबसाइट पुरै विजी भयो । अलटमेन्ट गर्नुभन्दा अघिल्लो दिन नै जानकारी गराउनुपर्छ हामीलाई । तर समयमा फाइल नपठाउँदा समस्या आएको हो । हामीले त्यो समस्या आउनेवित्तीकै फोन गरेर फाइल पठाउन लगायौ । त्यसपछि सिस्टममा अपलोड गर्दा केही समय ढिलो भएको हो । 


प्रतिक्रिया दिनुहोस्