सर्वोच्च अदालतद्वारा संसद विघटन बदर, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
काठमाडौं । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।
इजलास शुरू हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै रिट निवेदनको पक्षमा आदेश जारी भएको बताएका हुन् ।













