केपी ओली र कांग्रेस सभापती थापाकाे १ घण्टा भलाकुसारी !
काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापती गगन थापाविच एक घण्टा कुराकानी भएकाे छ ।
मंंगलबार साँझ ओली भेट्न थापा भक्तपुर गुण्डुस्थित ओली निवास पुगेका थिए । १५ आैँ महाधिवेसनबाट निर्वाचित भएपछि थापा पहिलाेपल्ट ओलीसँग भेट गरेका हुन् ।
एमाले अध्यक्ष ओली र थापाविच करिव १ घण्टा भलाकुसारी भएकाे ओलीकाे सचिवालयले जनाएकाे छ । थापाले मधेस प्रदेश सरकारबारे ओलीसँग कुराकानी गरे । मधेस प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकारलाई एमालेले समर्थन फिर्ता लिएकाे छ ।















