आज सानो आकारको देउवाले मन्त्री परिषद गठन गर्दै, को–को बन्दै छन् मन्त्री ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ बन्ने सरकारका लागी मन्त्री बन्नेको चाङ लागेको छ । देउवाको नेतृत्वमा बन्ने सरकारका लागी मन्त्रीहरूको छनौटका लागी तयारी भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै बालुवाटार छाड्ने भएका छन् भने नयाँ प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बन्ने छन् ।
देउवाको नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, पम्फा भुसालको नाम चर्चामा रहेको छ । शर्मालाई गृह मन्त्रालय र पम्फा भुसाललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिने स्रोतले बताएको छ । यसअघि माओवादीबाट नेकपा नेकपा एमालेमा लागेका रामबहादुर थापा बादल पक्षमा रहेकी पम्फा भुसालले बादलको साथ छोडेकी थिइन् ।
नेपाली कांग्रेसमा पनि मन्त्री बनाउन भन्दै नेताहरू शक्ति केन्द्रमा दौडधुप गरिरहेका छन् । कृष्ण सिटौला पक्षबाट गगन थापालाई स्वास्थ्य मन्त्री बनाउने तयारी रहेको स्रोतले बताएको छ । थापा यसअघि पनि स्वास्थ्य मन्त्री बनेका थिए । तर महत्वपूर्ण मानिएको अर्थ मन्त्रालयमा भने ५ जनाको नाम चर्चामा छ । सभापतिका विश्वास पात्रका रुपमा रहेका बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्की र डा. प्रकाशशरण महतको नाम चर्चामा रहेको छ भने रामचन्द्र पौडेल पक्षका डा. रामशरण महतले पनि दावी गरिरहेको स्रोतले बताएको छ । सांसद नभएपनि ६ महिनासम्म मन्त्री हुन पाउनेछन् । त्यसैले सांसद नभएकाले पनि दावी गरिरहेको स्रोतले दावी गरेको छ ।
नेपाली कांग्रेस नयाँ बन्ने सरकारका लागी मन्त्री बनाउन छनौट गर्न छलफलमा छ । कांग्रेसका तर्फबाट पहिलो चरणमा केही मन्त्री पठाउने तयारी छ । तर कसलाई मन्त्री बनाउने भन्ने नाम भने टुंगो लाग्न सकेको छैन । सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो













