आईएफआईसीले नेपाल बंगलादेश बैंकको ४२ प्रतिशत संस्थापक शेयर विक्री गदै - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आईएफआईसीले नेपाल बंगलादेश बैंकको ४२ प्रतिशत संस्थापक शेयर विक्री गदै



काठमाडौं । आईएफआईसी बैंकले नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको ४२ प्रतिशत शेयर विक्रि गर्ने भएको छ । आइएफआईसीले नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्वको शेयर बिक्री प्रक्रिया अगाडि बढाएको छ ।

आईएफआईसीले आफ्नो नाममा रहेको ४२ प्रतिशत अर्थात तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर संस्थापक सेयरधनीलाई नै बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको शेयर शाखामा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ । संस्थापम शेयरधनीबाट उक्त शेयर खरीद नभएमा अन्यलाई बेचिने बैंकले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्