२६ श्रावण २०८३, मंगलबार

जाँदाजाँदै के भन्न लागे प्रधानमन्त्रीले ? आजै देशवासीको नाममा संवोधन गरेर बालुवाटार छाेड्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा संवोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाए अनुसार आज दिउँसो २ बजे उनले सम्बोधन गर्ने तय भएको छ ।

सर्वोच्च अदालतले ओलीको प्रधामन्त्रीको कार्यकाल सकिएको फैसला सुनाएपछि उनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । हिजाे सर्वाेच्च अदालतले प्रधानमन्त्री अाेलीलाई हटाएर अाजै ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परम्अादेश दिएकाे छ ।

आजै साँझ ५ बजेसम्म नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले हिजोमात्रै राष्ट्रपति कार्यालयलाई परमादेश दिएको थियो । ओली पछिल्लो पटक गएको ३१ वैशाखमा संविधानको धारा ७६ (३) अन्तरगत संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका थिए ।