माओवादीबाट शर्मा अर्थ र भुसाल उर्जामन्त्री बन्दै !
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा माओवादी केन्द्रले मन्त्रहिरुको नाम छनौट गरेको छ । नव नियुक्त प्रधानमन्त्री देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी थालेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाज पाटीको गठबन्धनको सरकार बन्ने छ । जसपाले आज मन्त्रीको लागी नाम नपठाउने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले देउवा नेतृत्व सरकारका लागी ३ जनाको नाम दिने तयारी गरेको छ ।
माओवादीबाट पम्फा भुसाल, देव गुरुङ र जनार्दन शर्मालाई मन्त्री बनाउन नाम पठाएको स्रोतले बताएको छ । तर आज २ जनाले मात्रै सपथ लिने छन् । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।













