एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी



काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगको उपचार वापात १० लाखको बिमा रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको हो ।

एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेको दमक–५, झापा निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।

बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको गजेन्द्र विक्रम कटुवालले बताएका छन ।

बैंकको मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्