पाटा नेपाल च्याप्टरले गरर्यो पर्यटन क्षेत्रको लागि निःशुल्क “हस्पिट्यालिटी ट्रेनिङ्ग” सुरु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पाटा नेपाल च्याप्टरले गरर्यो पर्यटन क्षेत्रको लागि निःशुल्क “हस्पिट्यालिटी ट्रेनिङ्ग” सुरु



काठमाडौं । पाटा नेपाल च्याप्टरद्वारा टिप्सीको सहकार्यमा नेपालको पर्यटन क्षेत्रको लागि निःशुल्क “हस्पिट्यालिटी ट्रेनिङ्ग” सुरु गरेको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिट्यालिटी व्यवसाय, विद्यालय वा संस्थाहरुमा आबद्ध असीमित प्रयोगकर्ता वा सरोकारवालाहरूले प्रयोग गर्न मिल्ने गरी निःशुल्क तीन महिनाको टिप्सी– अनलाइन लर्निङ्ग प्लेटफर्म प्रीमियम पहुँचको साथ प्रदान गर्ने तालिम अभियान सुरु गरेको हो ।

पाटा नेपालका सीईओ–सुरेश सिंह बुडाल र टिप्सीका एशियाप्याशिफिक क्षेत्रीय निर्देशक–टोनी बोल्फले नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्धेश्यले जुलाई १२ तारेख २०२१ मा “हस्पिट्यालिटी ट्रेनिङ्ग– द रोड टु रिकभरी एण्ड बियोण्ड“ नामक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्