प्रतिनिधिसभा बैठक साउन ३ गते बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने भएको छ । आज बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते आइतबार बस्ने गरि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस गरिएको स्रोतले बताएको छ ।
जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरि शेरबहादुर देउवालाई प्रधमनमन्त्री बनाउन परमादेश र साउन ३ गते ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो ।
















