प्राइम लाइफको सम्पूर्ण बीमा सेवा ३ दिन बन्द हुने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सेवा ३ दिन बन्द हुने भएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिस्टमम स्तरोन्नति गर्नुपर्ने भएकाले ३ दिन बन्द हुने कम्पनीले जनाएको छ ।
श्रावण १ गते शुक्रबारदेखि श्रावण ३ गते आइतबारसम्म कम्पनीको सफ्टवेयर स्तरोन्नति तथा डाटा माइग्रेशन कार्य गरिने भएकाले सेवा बन्द हुनेछ ।
कम्पनीले सफ्टवयेर सिस्टम स्त्तरोन्नति तथा डाटा माइग्रेशन कार्य गर्ने भएकाले उक्त अवधिसम्म कम्पनीबाट प्रदान हुने सम्पुर्ण सेवाहरु बन्द हुँदा पर्न गएको असुविधाका लागी क्षमा मागेको छ ।
















