१८ कार्तिक २०८३, बुधबार

शुक्रबार २९३६ जना संक्रमित थपिए, ४३ जनाको मुत्यु



काठमाण्डौं । आज शुक्रबार थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २००६ जनामा पिसिआर परीक्षण विधिबाट र ९३० जनामा एन्टीजेनविधिबाट कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना भाइरस संक्रमित हुनेको संख्या ६ लाख ६४ हजार ५ सय ७५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्तमणका कारण थप ४३ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ६ जना पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा कोरोना संक्तमणमुक्त हुनेको संख्या १७ सय ७५ रहेको छ । यो संगै हालसम्म देशभर ६ लाख २८ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन । हाल २६ हजार ८ सय २७ जना आईसोलेसनमा रहेका छन ।