सगरमाथा इन्स्योरेन्स २ अर्ब ६० करोड रुपैयाँ प्रिमियम आर्जन गर्दै दोस्रो बन्यो
काठमाडौं । आर्थिक वर्ष २०७७।०७८ को अन्त्यसम्ममा सगरमाथा इन्स्योरेन्स कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ बढि बीमाशुलक आर्जन गरेको छ । सबैभन्दा बढी प्रिमियम उठाउने निर्जीवन बीमा कम्पनीमा दोस्रो सगरमाथा इन्स्योरेन्स बनेको हो ।
यसअघि गत आर्थिक बर्षमा २ अर्ब २५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले गत आवको तुलनामा यस बर्ष ३५ करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको हो ।
यस अवसरमा कम्पनीले केक काटेर कार्यक्रम आयोजना गरेको छ । २.६० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको अवसरमा कम्पनीले कर्मचारीहरुसँग बिशेष कार्यक्रम आयोजना गरेको हो ।
कम्पनीले निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलापले यो सफलता हासिल गरेको बताएको छ ।













