कोरोनाकै बीच निर्जीवन बीमाको बजार १५ प्रतिशतले बढ्यो, यी हुन् बढी कारोबार गर्ने कम्पनी
काठमाडौं । कोरोना महामारीकै बीच निर्जीवन बीमा कम्पनीहरुको कारोबार औसत १५ प्रतिशत हाराहारी बढेको देखिएको छ । नेपालमा निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनी भए पनि बजारमा ठूलो हिस्सा ओगट्ने प्रमुख ५ कम्पनीको विवरणले यस्तो देखाएको हो ।
सबैभन्दा ठूलो बजार हिस्सा ओगट्ने शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७÷७८ मा (हिजोसम्म) ४ अर्ब ३ करोड रुपैयाँ बीमा प्रिमियम संकलन गरेको छ । यो गत वर्षको तुलनामा १३.२० प्रतिशत बढी हो । पछिल्लो एक वर्षमा सर्वाधिक कारोबार बढाउने ठूलो कम्पनी नेको इन्स्योरेन्स हो । गैह्र आवासीय नेपालीको लगानी रहेको यो कम्पनीले पछिल्लो समय जलविद्युत् कम्पनीमा ठूलो पोर्टफोलियो बनाइरहेको छ ।
नेकोले गत वर्ष २२.३४ प्रतिशत ब्यवसाय विस्तार गरेको बताएको छ । बीमा प्रिमियका हिसाबले शिखरपछि दोस्रो ठूलो कम्पनी सगरमाथा इन्स्योेरेन्सले पनि १५.५६ प्रतिशत बीमाशुल्क बढाएको छ ।
सिद्धार्थ इन्स्योरेन्सले १२.६९ र एनएलजी इन्स्योरेन्सले १०.६४ प्रतिशतले ब्यापार बढाएका छन् । यी पाँच कम्पनीले मात्रै एक वर्षमा १ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क बढाएका छन् । यो अघिल्ल्लो वर्षको तुलनामा १४.७० प्रतिशत बढी हो ।
यी हुन् बढी प्रिमियम संकलन गर्ने ५ कम्पनीः














