प्रधानमन्त्री देउवालाई मत दिने एमालेमा नरहने स्थायी कमिटीको कठोर निर्णय
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने एमालेमा रहननसक्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको हो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताएका छन् । आज विहान भएको भेटमा माधव नेपालले आफू एक्लोले भएपनि पक्षमा मतदान गर्ने बताएसगै एमालेको स्थायी कमिटीले यस्तो निणर्य गरेको बताएका हुन् ।














