२ कार्तिक २०८३, सोमबार

दमौलीमा अलपत्र परेका गगन थापा देउवालाई विश्वासको मत दिन हेलिकोप्टरमार्फत काठमाडौं आउँदै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिँदैछन् । संसदमा सांसदहरुको कतिले विश्वासको मत दिने भनेर अंकगणित शुरु भएका बेला सांसद गगन थापा भने दमौलीमा अलपत्र परेका छन् । कामविशेषले पोखरा पुगेका थापा देउवाले आकस्मिक रुपमा विश्वासको मत लिने भएपछि काठमाडौं फर्किएका हुन् तर पहिरोका कारण सडक अवरुद्ध भएपछि दमौलीमा अलपत्र परेका हुन् ।

उनले विश्वासको मत दिनलाई जसरी पनि आज काठमाडौं आईपुग्नुपर्नेछ । तर सडक पहिरोका कारण अवरुद्ध भएपछि हेलिकप्टरमार्फत भएपनि ल्याइने भएको छ ।

नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार २ दिनदेखि पोखरामा रहेका थापा विश्वासको मत लिने आकस्मिक निर्णयपछि हेलिकोप्टरमार्फत काठमाडौं फर्किन लागेका हुन् ।