२ कार्तिक २०८३, सोमबार

पूर्वराष्ट्रपति डा.यादवका छोरा आमरण अनसनमा



काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नविकरण तथा वितरणमा विवाद टुंगिएको छैन । क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले विवाद टुंगोमा लागिसकेको बताएका छन् तर सोही विवादका कारण शुक्रवार कुटाकुट समेत भएको थियो ।

शुक्रवार पशुपतिस्थित धर्मशालामा पुगेर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले केन्द्रीय सदस्य एवं छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात नै गरका थिए । बस्नेतलाई ३ दिनभित्र कारवाहीको दायरामा ल्याउन पार्टी सभापति शेरबहादुर देउवालले अनुशासन समितिलाई निर्देशन दिइसकेको छन् ।

यता धनुषाका नेताहरुले आफ्नो माग सुनुवाई नभएको भन्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजबाट आमरण अनशन थालेका छन् । पूर्व सांसद डा. चन्द्रमोहन यादवको नेतृत्वमा आमरण अनसन शुरु भएको हो । डा.चन्द्रमोहन यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव, महासमिति सदस्य रामपल्टन साह र तरुणदल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक अनसनमा बसेका छन् । पूर्व सांसद प्रेमकिशोरप्रसाद साह, महाधिवेशन प्रतिनिधि रामउदय यादव, रामकृष्ण मण्डल,सबैला नगरका नगर सभापति विजयशंकर साह, अर्का नगर सभापति रामसत साह, प्रदेशसभा सदस्य सञ्जयकुमार महतो र जिल्ला सदस्य साकिर राइनले अनसनलाई समर्थन गरेका छन् ।

नयाँ क्रियाशील सदस्यतामा पार्टीको बिधान, नियमावली एवं केन्द्रीय परिपत्र बिपरित प्रकृया मिचेर जिल्लामा सदस्यता वितरणमा व्यापक धाँधली भएको पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विधान विपरित कार्यविरुद्ध नेताहरु एवं कार्यकर्ताहरु लगातार धर्नामा बसी पार्टी श्रोतको गम्भीर ध्यानाकर्षण गराउँदा पनि यथोचित सम्बोधन र चासो नदिएको उनीहरुको आरोप छ। जिल्लाको प्रारम्भिक छानबिन समितिले सर्वसम्त निर्णय गरी समेत प्रतिवेदन पेस गरिसकेकोले सो उपर सुनवाई नभएकोले अनसन बस्नु परेको डा. यादवले विज्ञप्तिमा भनेका छन् ।