२ कार्तिक २०८३, सोमबार

श्री ५ बाट प्रधानमन्त्री बनेका देउवा अहिले श्रीमान ५ बाट नियुक्त भएः ज्ञवाली



काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्रीमा नियुक्त भएको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् ।

देउबा एकपटक गृहमन्त्री र दुईपटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसकै सांसदका कारण सरकार ढलेको उनले स्मरण गराएका थिए । उनले भने, ‘अन्तिपटक तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउबालाई प्रधानमन्त्रीबाट हटाएका थिए। त्यसैले दलको विभाजनले गर्दा प्रजातन्त्र कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुन्छ ।’ उनले शक्ति पृथक्कीकरणको पद्धति भत्किएको बताए।