१३ श्रावण २०८३, बुधबार

सन नेपाल लाइफले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । साउन २५ गते इन्स्योरेन्सले तेस्रो वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५ ÷७६ को लेखापरिक्षण प्रतिवेदन पारीत गर्ने छ भने सञ्चालक नियुक्तिको विषय पनि पारीत गर्ने छ ।

साधारण सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे भर्चुअल माध्यमबाट गर्ने कम्पनिले जानकारी दिएको छ ।