प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर डिम्याट खातामा
काठमाडौं । प्रभु इन्स्योरेन्सको बोन शेयर डिम्याट खातामा जम्मा भएको छ । इन्स्योरेन्सले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको हो ।
इन्स्योरेन्सलको जेठ ६ गते सम्पन्न भएको २५ औँ वार्षिक साधारण १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
साधारण सभाले पारीत गरेको १० प्रतिशत बोनस शेयर शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडियस एण्ड क्लियरिङ्ग (सिडिएससी) मा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको इन्स्योरेन्सले जानकारी दिएको छ ।
त्यसैगरी बैशाख २५ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकरण गराएका शेयरधनीहरुको खातामा उक्त शेयर जम्मा भएको छ हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन समेत कम्पनीले अनुरोध गरेको छ ।













