३ कार्तिक २०८३, मंगलबार

कर्मचारी सञ्चय कोषले सार्वजनिक गर्यो नयाँ ब्याजदर



काठमाडौं । कर्मचारी सञ्चय कोषले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोषले साउन १ गतेदेखि लागूहुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

साउन १ गतेदेखि लागूहुनेगरी सञ्चय कोष तथा निवृत्तभरण कोषमा कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

कोषका अनुसार सञ्चयकर्ता र योगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तभरण कोषमा प्रदान गर्ने व्याज दर ६.५० प्रतिशत कायम गरेको छ । त्यस्तै, सञ्चयकर्ता सापटीहरूतर्फ विशेष सापटीमा ७.६० प्रतिशत, घर सापटी, घर मर्मत सापटी तथा शैक्षिक सापटीमा ७.९० प्रतिशत र सरल चक्र कर्जामा ८ प्रतिशत तोकिएको छ ।