२ कार्तिक २०८३, सोमबार

एमालेको निर्णय २२ जनालाई २४ घण्टे स्पष्टीकरण, १० बुँदे सहमति अनुमोदन



काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति पारित गरेको छ । सोमबार कसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

त्यस्तै, सोमबार बसको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ । अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने भएको छ ।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ष्ट आन्दोलनको गद्दार भएको बताएका छन् । पार्टीमा आउन चाहने साथीहरुलाई स्वागत गर्ने तर माधव नेपाललाई यस पार्टीमा स्वागत नगर्ने ओलीको भनाई छ ।