कक्षा १२ को परीक्षा साउन चौथो हप्तादेखि गर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ताबाट गर्ने भएको छ । कोरोना महामारीले गर्दा रोकिएको कक्षा १२ को परिक्षा साउन चौथो हप्ताबाट गर्ने गरि तयारी थालेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै साउन चौथो हप्ताबाट गर्ने गरि थयारी थालिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको तर निर्णय गरिएको कपी नआएको अध्यक्ष पौडेलले बताए ।











