७ श्रावण २०८३, बिहिबार

लक्ष्मी इक्वीटी फण्डको ३५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको आकर्षक लाभांश घोषणा गरेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।

कोषले आर्थिक वर्ष २०७७–७८ को लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको आज (बिहिबार) बिहान बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्